Logo

फाइल तस्बिर

१३ असोज,वीरगञ्ज । ,वीरगञ्ज बाल सुधार गृहबाट हिजोदेखि फरार २ जना बाल कैदीबन्दीहरु अझै फेला पर्न सकेका छैनन् । सुधार गृहबाट भागेको ३४ घण्टा भन्दा बढी बितिसक्दा पनि बाल कैदीबन्दीहरु भने अझै फरारकै सूचीमा दर्ज छन् ।

प्रहरी स्रोतका अनुसार सुधाार गृहबाट भागेका बाल कैदीबन्दीहरु भारत पुगेका छन् । सुधार गृहबाट निस्केका बाल कैदीबन्दीहरु बाइपासको रेल्बे रोड हुँदै इदगाह चोक, भानुचोक र ,वीरगञ्ज भन्सार हुँदै भारततर्फ भागेको सिसिटिभि क्यामेरामा देखिएको प्रहरी प्रवक्ता कुमार विक्रम थापाले जनाए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा रहेको सिसिटिभि क्यामेराको कन्ट्रोल रुपमा देखिए अनुसार उनीहरु सरासर साइडको रोड हुँदै भारततर्फ भागेका छन् ।

पर्सा प्रहरी भन्छ–‘मुख्य भन्सारमा रहेको क्यामेरामा नै उनीहरु भारत भागेको देखिन्छ, त्यसकारण प्रहरी अब सिधै ‘सर्च’ अप्रेसनमा जुटेको छ । त्यहीअनुसार रणनीति पनि बनाइएको छ । सम्भवतः नतिजा पनि सकारात्मक नै आउँछ ।’

बाल कैदीबन्दीहरु भारततर्फ भागेको ‘क्लियर’ भइसकेपछि पर्सा प्रहरीले १० जनाको नेतृत्वमा विशेष टोली खटाएको छ । प्रहरी स्रोतका अनुसार सादा पोशाकमा १० जना भारततर्फ प्रहरी परिचाालित भइसकेका छन् ।

सिसिटिभि क्यामेराले यो घटनामा प्रहरीलाई धेरै सघाउ पुर्‍याएको प्रहरी तर्क छ । कारण– सिसिटिभिमा उनीहरु भागेर कहाँ जाँदैछन्, त्यो देखाइदियो । जसले प्रहरी अनुसन्धान त्यसरी नै मोडियो । नभए प्रहरी अनुसन्धानमा अझै कठिनाइ आउँथ्यो ।

प्रहरी अनुसन्धान नै अहिले सिसिटिभि क्यामेराको आधारमा चलिरहेको प्रहरी स्रोतको दाबी छ । बिर्तास्थित बाल सुधार गृहबाट छतबाट हाम फालेर शुक्रबार विहान २ जना बाल कैदीबन्दीहरु भागेका थिए ।

सर्लाही र सप्तरीका बाल कैदीबन्दीहरुमाथि कर्तव्य ज्यान र जबरजस्ती करणीको मुद्दा लागेको छ । भारत पुगेको सूचना आएपछि प्रहरीले त्यहीँ हिसाबले आफ्नो रणनीति बनाएर विशेष टोली परिचालन गरेको पर्सा प्रहरी बताउँछ । बीरगन्ज बाल सुधार गृहमा १२६ जना बाल कैदीबन्दीलाई राखिएको छ ।


सम्बन्धित समाचार