Logo

फाइल तस्बिर

१३ असोज,कलैया । बाराको बलिरामपुर नाकामा कपडा तस्करहरुले आज सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । कपडाको तस्करी रोक्न खोज्दा तस्करहरु सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् ।

तस्करहरुले अवैध रुपमा भारतबाट ल्याउँदै गरेको कपडा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीमाथि तस्कहरु जाइलागेका हुन ।
सशस्त्र प्रहरी सहायक निरीक्षक बिश्वम्भर पासवानमाथि आक्रमण गरेर तस्करहरुले अवैध रुपमा भारतबाट कपडा ल्याएको सशस्त्र प्रहरीले जनाएको छ ।

तस्करहरुको आक्रमणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक पासवान टाउकोमा चोट समेत लागेको छ ।
सशस्त्र प्रहरीका अनुसार उनीहरुले बिहान करिब ३/४ बजेको समयमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए ।

सशस्त्र प्रहरीले करिब ९० हजार मुल्य बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको छ । सोही कपडा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीमाथी आक्रमण भएको हो ।


सम्बन्धित समाचार