Logo

१५ असाेज, वीरगञ्ज । बीरगन्ज बाल सुधार गृहबाट २ जना बाल कैदी फरारको सूचना शुक्रबार एकाविहानै प्रहरी ‘सेट’मा गुञ्जियो । विहानविहानै प्रहरी वाकीटकीमा यो खबर आएपछि ‘पापा वन’ लाई जुरुक्क उठने मात्र बनाएन, तनाव नै दियो ।

त्यसपछि सुरु भयो–वाकीटकीमा ‘पापा वन’ अर्थात् एसपी कोमल शाहको निर्देशन । ‘पापा वन’ को निर्देशनमा भन्न थालियो– जाँच बढाउँ, सबै गस्ती टोली सर्च अभियानमा लाग, रजतजयन्ती चोक, इनर्वा, भन्सारसहितका जिल्लाभरिका ड्यूटी अफिसर तथा अधिकारीले तुरुन्त निगरानी बढाउन,शंका लागेको जोसुकै व्यक्तिको सोधखोज गर । तर बाल कैदीहरु भाग्नु हुँदैन् ।’

एसपी शाहको यो निर्देशनपछि सबै ठाउँमा प्रहरी अधिकारीहरु ‘अलर्ट’ भए, अनि सुरु गरे सर्च अभियान । पर्सा प्रहरीले बीरगन्जबाटै बाल कैदीबन्दीहरुलाई समाउने रणनीति बनाएपनि त्यो रणनीतिमा प्रहरी पास भएन । किनकी, पर्सा प्रहरीको सर्च अभियान चलिरहँदा बाल कैदीबन्दीहरु भने भारतमा पुगिसकेका थिए, जसका कारण प्रहरीको पहिलो ‘प्लान’ फेल भयो ।

कहाँ गए बाल कैदीबन्दीहरु भन्दै प्रहरीलाई टाउँको दुखाइको विषय बन्यो । त्यसपछि अन्य कामलाई दोस्रो प्राथमिकतामा राखेर प्रहरी जुट्यो –बाल कैदीबन्दीहरु फेला पार्ने अभियानमा । यो दौरान प्रहरीले सुरुमा आफ्नो नियन्त्रणमा रहेको कन्ट्रोल रुममा पुग्यो ।

जहाँ भइरहेको थियो –सिसिटिभि क्यामेराबाट बीरगन्जभरको निगरानी । अर्थात् बीरगन्जभर मुख्य सडकमा आवतजावत गर्ने सबै दृश्य यो क्यामेराको माध्यमले प्रहरीले निगरानी गरिरहेको हुन्छ । हो, यही पुग्यो प्रहरीको टोली जसलाई जानकारी लिनुथियो–बाल कैदीबन्दीहरु कहाँबाट भएर भाग्या छन् ?

यो प्रश्न उत्तर खोजिरहेको प्रहरीलाई सिसिटिभि क्यामेराले दियो त्यसको ठीक जवाफ । अर्थात् बाल कैदीबन्दीहरु भागेर भारततर्फ जाँदै गरेको दृश्य सिसिटिभि क्यामेराले देखायो । प्रहरी स्रोतका अनुसार त्यसपछि प्रहरीलाई अनुसन्धान गर्न सहज भयो । पर्सा प्रहरी स्रोतका अनुसार अनि यहीबाट सुरु भयो
प्रहरी अनुसन्धानको ‘प्लान बी’ ।

यसरी पक्राउ परे बाल कैदी

यो प्लान अन्तर्गत प्रहरीले २ वटा टोली बनायो । बरिष्ठ प्रहरी नायब निरीक्षक (सइ)  र प्रहरी निरीक्षकको नेतृत्वमा बनेको २ वटै टोलीलाई कडा निर्देशन दिइयो–‘एनि हाउ, बाल कैदीबन्दी समाउँ।’ यो निर्देशनपछि २वटै टोली आफ्नो बेग्लै रणनीति बनायो ।

त्यही रणनीतिअनुसार प्रहरीलाई फेला पर्‍यो–एउटा ‘क्लु’। यही ‘क्लु’ले प्रहरीलाई पु¥यायो बाल कैदीबन्दीहरु ठाउँसम्म । त्यो क्लु हो, फरार बाल कैदीबन्दीहरुको अभिभावसहित सबै आफन्तको फोनको ट्रयास । बाल कैदीहरु फरार भएपछि सुरुमा प्रहरीले उनीहरुको अभिभावक र आफन्त सबैलाई आफ्नो पकडमा राख्यो । त्यसपछि उनीहरुको नम्बरको ट्रयास गर्‍यो जसमा देखियो कैदीबन्दीहरुले भारतीय नम्बरबाट कुरा गरेको नम्बर । त्यसबारेमा सोधविन गर्दा आफन्तले बताए उनीहरुको लोकेसन ।

त्यसपछि तुरुन्त सादा पोशाकमा रहेका २ वटै टोली भारततर्फ लाग्यो । आफन्तले बताए अनुसारको दुइवटै ‘लोकेसन’ मा प्रहरी पुग्यो । जहाँ नै प्रहरीले भेटायो, फरार बाल कैदीहरुलाई । प्रहरीले एउटालाई सितामडीको भुटही र अर्कोलाई खुटौनाबाट पक्राउ गर्‍यो । त्यसपछि दुबैजनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लियो । र, हिड्यो बीरगन्जतर्फ ।

प्रहरी स्रोतका अनुसार करिब ४८ मै यो घटनामा प्रहरीले उपलब्धी प्राप्त गर्दै नियन्त्रणमा लिएका ती २ वटै बाल कैदीहरुलाई अहिले जिल्ला प्रहरीको कार्यालयमा रािखएको छ ।

कहिलेदेखि बनेको थियो भाग्ने योजना ?

बाल कैदीबन्दीहरु शुक्रबार विहान एकाएक फरार भएका होइनन् । बाल सुधार गृहबाट उनीहरु भाग्नका लागि पहिलोदेखि नै योजना बुनिरहेका थिए । प्रहरीले गरेको सामान्य सोधविनमा उनीहरुले भनेका छन्– ‘हामी उहिल्येदेखि नै सुधार गृहबाट भाग्न खोजिरहेका थियौं, तर सफलता मिलिरहेको थिएन् ।

अस्ति झड्पकै दिन पनि भाग्न खोज्या थियौं, तर त्यो दिन पनि सफलता मिलेन । अनि फेरि चुप भयौं ।’ उनीहरुका अनुसार शुक्रबार भने हाम्रो लागि मौका मिल्यो, अनि भाग्यौं । फरार कैदी बन्दीहरु कसरी र कुन योजनामा भागे त्यो बारेमा अनुसन्धान चलिरहेको पर्सा प्रहरीका प्रवक्ता कुमार विक्रम थापाले जनाए । फरार बाल कैदीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार