Logo

१५ असोज,वीरगञ्ज । सरकारले अधिग्रहण गर्ने भनेको जग्गाको मुआब्जा नपाएपछि वीरगञ्ज– २५ सिर्सिया खल्वाटोलका बासिन्दाले सुख्खा बन्दरगाहको मुख्य गेटमा धर्ना दिदैचक्काजाम समेत गरेका छन् ।

मुआब्जा लिन बाँकी रहेका स्थानीयले आईतबार देखी बन्दरगाहको मुख्य गेटमा त्रिपाल टागेर धर्ना दिएका हुन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

उनीहरुको धर्ना बस्दा सुख्खा बन्दरगाहमा सवारी साधन आवागमन ठप्प भएको थियो । सरकारले जग्गा अधिग्रहण गर्न थालेको ८ वर्ष बितेपनि जग्गा अधिग्रहणको प्रक्रिया टुंगिएको छैन । ८ वर्षदेखि सरकारले रोक्का गरेर राखेको जग्गाको मुआब्जा अहिलेसम्म पनि नदिएको भन्दै सिर्सियाका जग्गाधनीले धर्ना दिएका हुन् ।

सरकारले आफूहरुको जग्गा रोक्का गरेको हुनाले छोरा छोरीको विवाह, शिक्षा, औषधोपचार जस्ता कार्यमा रकम आवश्यकता पर्दा समेत बेचबिखन गर्न नपाइएको जग्गाधानी बिजय तिजारीले बताए ।

स्थानीय सुनिता चौधरी आफू पैसाकै अभावमा छोरा छोरीलाई पढाउन नसकेको बताइन् । सरकारले लामो समयदेखि मुआब्जा गरेको जग्गाको रकम रोकेर दुख दिन खोजेको आरोप स्थानीयहरुको छ ।

वीरगञ्ज स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयका लेखा प्रमुख शिवराज रुपाखेतीले अझै २ अर्व ३ करोड मुआब्जा बापतको रकम दिने बाकी रहेको बताए । सरकारले अहिले सम्म करीब ४ अर्व ५० करोड मुआब्जाको रकम विवरण गरी सकेको रुपाखेतीको भनाई छ ।

बाँकी रहेका मुआब्जा दिनबाँकी मध्ये २८ जनाको निवेदको प्रक्रिया पुरा भई सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयमा रहेको रुपाखेतीले बताए जसको रकम २० करोड ६१ लख १५ हजार ६ सय ९० रुपैया अपुग रहेको कारण मुआब्जा बापतको रकम वितरण गर्न नसकिएको उनले जनकारी दिए ।


सम्बन्धित समाचार