Logo

१६ असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले अनाधिकृत रुपमा भण्डारण गरि राखिएको केराउ बरामद गरेको छ । प्रहरीले वीरगन्जस्थित एक गल्ला स्टोरबाट अनधिकृत रुपमा भण्डारण गरिएको केराउ बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज–१६ स्थित रेल्वे सडकखण्डमा अजय साहले सञ्चालन गरेको जय माँ गल्ला किराना स्टोरमा अनाधिकृत रूपमा भण्डारण गरी राखिएको केराउ बरामद गरेको हो ।

२५ किलोको दरले ९३ बोरामा गरी २ हजार ३ सय २५ किलो केराउ बरामद भएको पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिनुभयो । बरामद केराउको मूल्य २ लाख ७९ हजार रुपैयाँ कायम गरिएको छ ।

बरामद केराउ आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार