Logo

१६ असोज, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा १६ दिन अगाडि कान्तीदेबी विनको हत्या प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको ३ जनालाई सार्वजनिक गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ निवासी विनको घाँटी रेटी भएको हत्या प्रकरणमा पक्राउ गरेका ३ जनालाई घटना भएको १६ दिनपछि प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमार्फत प्रहरीले मृतक विनकै नातामा पर्ने देवर लालबाबु विन,जेठाजुहरु चन्द्रिका राउत विन र अमीरीका राउत विनलाई सार्वजनिक गरेको हो ।

मृतकका छोरा अर्जुन मुखिया विनले दिएको किटानी जाहरीको आधारमा प्रहरीले पक्राउ परेका तीनैजनामाथि मुद्दा चलाएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए । उनका अनुसार तीनै जनामाथि कर्तव्य ज्यानको मुद्दा अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

कसरी सुरु भयो अनुसन्धान ?

हत्याबारे खबर आउना साथ पर्सा प्रहरीको टोली घटनास्थलमा पुग्यो । जसको नेतृत्व स्वयम पर्सा प्रहरीका कमाण्डर शाहले आफै गरिरहेका थिए । घटनास्थलमा पुगेको प्रहरीमध्ये एउटा टोलीले मुचुल्का तयार गर्नतर्फ जुट्यो भने अर्को टोली घटना कसरी भयो भने ‘क्लु’ फेला पार्नतर्फ लाग्यो । यो क्रममा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गर्‍यो ।

प्रहरी स्रोतका अनुसार त्यसमा प्रहरीले पहिलो अनुसन्धान मान्छेको ‘हाउभाउ’ र अनुहारको अध्ययन गर्न थाल्यो । कारण– प्रहरीलाई आत्मविश्वास थियो कि घटनामा संलग्नहरु यतै छन्, उनीहरुनै सुरुमा प्रहरीको अगाडि देखापर्छन् । तर त्यो दौरान भने उनीहरुको अनुहार फरक हुन्छ । नभन्दै प्रहरीलाई यही ‘क्लु’ले साथ पनि दियो ।

त्यो कसरी भने घटनास्थलमा पुगेको प्रहरी टोली सुरुमा पक्राउ परेकाहरुमध्ये लालबाबु विननै लगेर मृतकको ढोकाको चुकुल खोले । घटनस्थलमा रुँदै अन्य कहानी सुनाउँन थाले । उनले यो सब भनिरहँदा प्रहरीले तब फरक पायो जब अनुसन्धानमा प्रहरीले कुकुर(डग) ल्यायो ।

घटनास्थलमा प्रहरीले अनुसन्धानका लागि कुकुर प्रयोग गरेपछि सुरुमा प्रहरीलाई सघाउन अगाडि आएका लालबाबु भने त्यसपछि बेपत्ता भए । उनी भएपछि प्रहरीको उनीमाथिको शंका झन बलियो हुँदै गयो । त्यसपछि प्रहरीले अन्य अनुसन्धान चलाएसंगै उनीमाथि विशेष निगरानी बढायो ।

यो क्रममा प्रहरीले लालबाबु अर्को ठाउँमा बसिरहेको अवस्थामा फेला पार्‍यो । अनि सुरु गर्‍यो उनी र उनका छोरासंग सोधपुछ– त्यस दौरान प्रहरीले लिएको बयानमा बुवा र छोराको कुरामा भिन्नता पायो । त्यसका बाबजुद पनि प्रहरीले अझै बलियो प्रमाण जुटाउनतर्फ ध्यान केन्द्रीत गर्‍यो ।

यो क्रममा प्रहरी टोलीलाई गाउँकै अर्को एकजनासंग भेट भयो जसलाई घटनाबारे सबै जानकारी थियो । उनै स्थानीयले लालबाबुले घटना राती गरेको क्रियाकलापबारे जानकारी गराएपछि प्रहरीले सुरुमा लालबाबुलाई आफ्नो नियन्त्रणमा लियो, अनुसन्धानको लागि ।

प्रहरीले लालबाबुलाई नियन्त्रणमा लिने बितिकै उनकी श्रीमती र छोरा भने घरमा ताला लगाइ फरार भए । उनीहरु फरार भएपछि घटनाको दोषी लालबाबू नै हो भनी प्रहरी शंकालाई झन बलियो बनायो । यही बेला लालबाबुले पनि हत्या गरेको स्विकारे ।

लालबाबु प्रहरीमा घटनाबारे स्वीकारे पनि प्रहरी अनुसन्धान भने यही सीमित भएन । प्रहरी अनुसन्धान अझै फराकिलो बनाउँन थालियो । त्यो क्रममा लालबाबुले यो हत्यामा अन्य पनि संलग्न रहेको भन्दै उनीहरुको नाम पोले । त्यसपछि हत्याका घटना झन अर्को मोड लियो ।

पोलीग्राफले अनुसन्धान

तर प्रहरीलाई सकस बढ्दै गयो । कारण– प्रहरी अनुसन्धान यति साँघुरो हुँदा पनि हत्यामा प्रयोग गरिएको धारिलो हतियार खुर्पी भने फेलापार्न सकेको थिएन् । जसले गर्दा प्रहरी अनुसन्धान कमजोर बन्दै गइरहेकको थियो । अनि प्रहरीले जुक्ति निकाल्दै अनुसन्धानमा प्रयोग ग¥यो –पोलीग्राफको । पोलीग्राफले अनुसन्धान सुरु गरेपछि हत्यामा संलग्न रहेकाहरु आफूहरु नै हत्या गरेको स्वीकारे । तीनै जनाले हत्या गरिएको स्वीकारेपछि प्रहरीले तीनै जनामाथि म्याद थप गरी अनुसन्धान बढायो ।

प्रहरीले अनुसन्धान साँघुरो बनाउँदै गएतापनि त्यसमा एउटा अर्को चुनौती थपियो । त्यो हो, हत्यामा प्रयोग भएको खुर्पी । खुर्पीले हत्या गरेको जनाएपनि त्यो हतियार प्रहरीले फेला पार्न सकेको थिएन, जुनकारण प्रहरी अनुसन्धान फितलो हुन्छ भनी प्रहरीलाई डर थियो । त्यसका लागि प्रहरीले हत्यामा संलग्न रहेकाहरुले दिएको जानकारी अनुसार सबै ठाउँमा खोजतलास ग¥यो । तर त्यसको बाबजुद पनि खुर्पी भने फेला पार्न सकेन् । स्रोतका अनुसार खुर्पी फेला नपरेपछि प्रहरीले साबिकी बयानको र पोलीग्राफको अनुसन्धानको आधारमा अनुसन्धान प्रक्रिया बढायो ।

किन हत्या ?

प्रहरी हिरासतमा रहेका तीनैजनाले दिएको बयानमा आर्थिक कारणले हत्या भएको देखिएको छ । प्रहरी प्रारम्भिक अनुसन्धानमा उनीहरुले दिएको बयान अनुसार मृतक र पक्राउ परेकाहरुबीच लेनदेन भएको र त्यो पैसा नदिने मनसायले प्रेरित भइ उनीहरु मृतको घरमा चोरी गर्न गएको कारण हत्या हुन गएको हो ।

त्यो कसरी भने दोषीहरुलाई मृतक विनको घरमा पैसा रहेको भन्ने सूचना थियो। तर उनीहरुले सापटी माग्दा मृत विनले अस्वीकार गरेपछि तीनैजना दाजूभाइ मिलेर उसको घरमा चोरी योजना बनाए ।

असोज २ गते गाउँमा नाच (नृत्य) को प्रोग्रामबारे उनीहरु जानकार थिए, यही दिन गाउँका सबै नाँच (नृत्य) हेर्न जाँदा त्यहीबेला उसको घरमा पस्ने योजना बन्यो। त्यही योजना अन्तर्गत तीनै जनाले २ असोजको राती मृतकको घरको पछाडि ‘सुरुङ’ बनाइ उनको घरमा पसे । घरमा उनीहरु पसेको बारे मृतक विनले थाहा पाइन् । त्यसपछि उनी हल्ला गर्न थालिन । जसकारण तीनै जनालाई डर भयो । प्रहरीमा उनीहरुले दिएको बयान अनुसार अनि जोगिनका लागि तीनै जना मिलेर उनको हत्या गरे ।


सम्बन्धित समाचार