Logo

१७ असाेज वीरगञ्ज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशबारे ब्रिफिङ लिएका छन् । मधेश प्रदेशका ८ वटै जिल्लाका सिडिओ र सुरक्षा निकायका प्रमुखहरुसंग ब्रिफिङ लिएका हुन् ।

देशमा धार्मिक सदभाव बिग्रने जोखिम उच्च रहेको र मधेश प्रदेशमा अझ बढी रहेको सूचना आएपछि गृहमन्त्री श्रेष्ठ आज प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्टिङ लिइरहेको स्रोतको भनाइ छ ।

सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिने कार्यक्रम रहेको गृहमन्त्रालय स्रोतले जनाएको छ । गृहमन्त्री श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीहरूको रिर्पोटिङ छ– ‘प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय छन्, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा कतिपय गलत नियतभएका व्यक्तिबाट वाधा व्यवधान खडा गर्दैछन्, कतिपय पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गर्दैछन, सामाजिक संजालमा कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजिदैछ ।’

त्यसैगरी भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको अत्यधिक प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने उहाँहरूको रिर्पोटिङ छ । प्रशासनले सबै गैरकानुनी गतिविधिलाई प्रत्यक्ष र सुक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई चुस्त बनाएको समेत गृहमन्त्री श्रेष्ठलाई जानकारी गराइएको स्रोत बताउँछ ।

गृह मन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुख लगायतका सुरक्षा प्रमुखहरुको सहभागितमा बैठक चलिरहेको छ ।


सम्बन्धित समाचार