Logo

१७ असोज,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस विज्ञान प्रयोगशाला (केमेस्ट्री ल्याब) सञ्चालनमा आएको छ ।लामो समयदेखि बिग्रिएको अवस्थामा रहेको ‘केमेस्ट्री ल्याब’ को मर्मत गरेपछि मंगलबारदेखि सञ्चलानमा आएको हो ।

क्वेस्ट फर्मास्युटिक्लस प्राइभेट लिमिटेडले करिब १३ लाख रुपैयाँको सहयोग गरेर विज्ञान प्रयोगशालाको मर्मत गराएपछि केमेस्ट्री ल्याबको हिजोदेखि प्रयोगमा ल्याइएको हो ।क्वेस्ट फर्मास्युटिक्लसले आफ्नो सामाजिक उतरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत ठाकुरराम बहुमुखी क्याम्पसमा लगानी गरेको जनाएको छ ।

अनावरण कार्यक्रममा क्वेस्ट फर्मास्युटिक्लसका संजय जोशी, शाखा प्रवन्धक उमेश श्रेष्ठ, निमित्त क्याम्पस प्रमुख रञ्जित प्रसाद भगतसहितका सहभागिता थियो ।


सम्बन्धित समाचार