Logo

१८ असोज,धुलिखेल । राप्रपाको केन्द्रीय प्रशिक्षक प्रशिक्षण आजदेखि धुलिखेलमा सुरु भएको छ । देशभरबाट छानिएका ५२ जनालाई राप्रपाले केन्द्रीय प्रशिक्षक प्रशिक्षण दिँदै छ ।

नेशनल डेमोक्रयाट इन्स्टिच्युट (एनडिआइ) को सहकार्यमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको र यसपछि अभियानको रूपमा देशव्यापी प्रशिक्षण गर्ने विभागकी सहसंयोजक खुस्बु ओलीले जानकारी दिएकी छिन् ।प्रशिक्षक प्रशिक्षणमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा विषयमा प्रशिक्षण दिनेछन्।

यसैगरी वरिष्ठ उपाध्यक्ष, विभागका प्रमुख ध्रुवबहदुर प्रधानले प्रशिक्षणको महत्त्व र विभागको आगामी कार्यक्रम सम्बन्धमा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको नीति र सिद्धान्त सम्बन्धी, महामन्त्री शरदराज पाठकले समकालीन राजनीतिका सिद्धान्तहरू र राप्रपाको पृथक् सिद्धान्त बारेमा प्रशिक्षण दिनेछन

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक गोकर्ण अवस्थीले नेपालको अर्थतन्त्र र युवाको दृष्टिकोण सम्बन्धमा, पर्पल फाउण्डेसनकी विज्ञ सिर्जना काफ्लेले गलत सूचना सम्बन्धमा, विभागकी सहसंयोजक खुस्बु ओलीले “युवा महिला केन्द्रित नवीन राप्रपा र नेतृत्व” सम्बन्धमा, विज्ञ आस्था दाहालले जीइएसआइ परिप्रेक्ष्य मार्फत एकीकृत निर्वाचन विधेयकको विश्लेषण को बारेमा, वरिष्ठ पत्रकार दिलभुषण पाठकले नेतृत्व, सार्वजनिक भाषण र मिडियासँग कसरी व्यवहार गर्ने भन्ने सम्बन्धमा प्रशिक्षण दिने कार्यक्रम रहेको सहसंयोजक ओलीले बताइन् ।

प्रशिक्षक प्रशिक्षणको दौरानमा वरिष्ठ अधिवक्ता डा भिमार्जुन आचार्यसँग संविधानका बारेमा अन्तरक्रियात्मक सेसन हुने पनि ओलीले जानकारी दिएकी छिन् ।


सम्बन्धित समाचार