Logo

१८ असोज,काठमाडौँ । नेपाल सरकारले गिद्ध संरक्षणमा सहयोग पुर्‍याउन एसेस्लोफेन्स र केटोप्रोफेन तथा टक्सिक ‘भेटरिनरी नन-स्टरोइडल एन्टी-इन्फ्लाम्मटोरी ड्रग्स’ प्रतिबन्ध गर्ने भएको छ ।

वन तथा वातावरण मन्त्रालयले भारत र बङ्गलादेशमा समेत प्रतिबन्धित उक्त तीन औषधि प्रयोग भएका मृत पशुहरू गिद्धले खादा, गिद्धको स्वास्थ्यमा प्रतिकुल असर परेर मृत्यु हुने भएकाले पशु रोगमा ती औषधिहरू प्रयोग प्रतिबन्ध गर्न लागेको हो ।

मन्त्रालयअन्तर्गतको नेपाल गिद्ध पुनः स्थापन समितिको बुधबार बसेको बैठकले सो निणर्य गरेको राष्ट्रिय निकुञ्ज तथा वन्तयजन्तु संरक्षण विभागले जनाएको छ । निकुञ्जका महानिर्देशकको अध्यक्षतामा आयोजित बैठकमा गिद्ध संरक्षण कार्ययोजना (२०२३-२०२७) बारे प्रस्तुति तथा छलफल भएको थियो ।

बैठकले गिद्धको संरक्षणमा नकारात्मक असर पार्ने ‘भेटरिनरी नन-स्टरोइडल एन्टी-इन्फ्लाम्मटोरी ड्रग्स’को प्रयोगलाई व्यवस्थित गर्न नेपाल पंक्षी संरक्षण संघको सहयोगमा संरक्षण साझेदार संस्थालाई सहभागी गराई सरोकारवाला स्थानीय सरकार, पशु चिकित्सक र भेट फर्मासमेतलाई लक्ष गरी जन-चेतनामूलक र अन्य समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गर्ने निणर्यसमेत गरेको छ । रासस


सम्बन्धित समाचार