Logo

१८ असोज,वीरगञ्ज । जिउतिया पर्वको अवसरमा वीरगञ्ज महानगरपालिकाले भोलि शुक्रबार एक विदा दिइएको छ ।महमनगरपालिका नगरपालिकाको कार्यालयले एक सुचना जारी गरेर जिउतिया पर्वको अवसरमा भोलि शुक्रबार वीरगञ्ज महानगरमा रहेको सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ ।

महमनगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जारी गरेको सुचनामा भोलि शुक्रबारका दिन वीरगन्जमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिने निर्णय गरिएको उल्लेख छ। तराई मधेसमा मनाइने जिउतिया पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ ।


सम्बन्धित समाचार