Logo

१८ असोज,वीरगञ्ज । बारा प्रहरीले एक करोड ४२ लाख भन्दा बढीको सामान बोकेको दुई वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । बारा, जितपुरसिमरा उपमहानगरपालिका–११ अम्लेखगंज स्थित प्रहरीको टोलीले चेकजाँच गरेको थियो ।

जाँचको क्रममा वीरगञ्जंजबाट भैरहवातर्फ जादै गरेको ना ६ ख ३८२८ नम्बरको ट्रकमा लाृड गरिएको सामानहरु बिल बिजक भन्दा बढी देखिएको प्रहरीले जनाएको छ । उक्त ट्रकमा ४९ लाख ८२ हजार ४४३ बराबरको सामना लोड रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै वीरगञ्जजबाट काठमाण्डौतर्फ जादै गरेको ना.८.ख.४८४२ नम्बरको ट्रकमा पनि बलि बिजक भन्दा बढी सामान लोड भएको पाइएको थियो ।

सो ट्रकमा ९२ लाख ,१९ हजार ४०८ मुल्य बराबरको सामान लोड रहेको थियो ।दुबै ट्रकलाई सामानसहित नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । दुबै ट्रकमा कुल एक करोड ४२ लाख एक हजार ८५१ रुपैया बराबरको सामान लोड रहेको तथा आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको न्यौपानेले बताए ।


सम्बन्धित समाचार