Logo

१९ असोज,बारा । आन्तरिक राजस्व कार्यलय सिमराले कर शिक्षा दिने उदेश्यले ब्यवसायिहरुसँग अन्तरक्रिया गरेको छ । जितपुरसिमरा नगर उद्योग बाणिज्य संघ र जितपुरसिमरा चेम्बर अफ कमर्सको सहकार्यमा करदाता सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

केहिदिन अघि राजस्व कार्यालय सिमराले बजारका व्यापारीलाई अनुगमनका नाममा अनावश्यक दुख दिएको भन्दै व्यवसायी रुष्ट बनेका थिए ।जीतपुरसिमर नगर उधोग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको नेतृत्वमा व्यवसायीहरु कर कार्यालय पुगि सो बारेको गुनासो समेत गरेका थिए ।

अनुगमनका नाममा अनावश्यक जरिवाना लिएको भन्दै आक्रोशित बनेका स्थानिय व्यवसायीलाई कर कार्यालयले कर शिक्षा कार्यक्रम मार्फत सचेतना दिने र सकेसम्म पहिलो पटकमै जरिवाना असुल्ने कार्य नगर्ने भन्दै यो कार्यक्रमको आयोजना गरेको हो ।

स्थानिय कतिपय व्यवसायीहरु कर प्रणालीबारे जानकारी नभएका कारण कर शिक्षालाई नगरका विभिन्न स्थानमा संचालन गरिने तयारी भएको नगर उद्योग बाणिज्य संघका अध्यक्ष लामिछानेले बताउँनुभयो ।


सम्बन्धित समाचार