Logo

१९ असोज,वीरगञ्ज । अभिनेता अनमोल केसी दशैंको फूलपातीबाट ‘फर्की फर्की’को छायांकन थालिने भएको छ । फिल्ममा उनको जोडी अभिनेत्री जसिता गुरुङ रहने छिन । उनीहरुबीच पहिलोपटक सहकार्य भएको हो ।

फिल्ममा दुई नयाँ कलाकार पनि जोडेका छन् । अडिसनको माध्यमबाट सम्वृद्धि अर्याल र रवि काफ्लेलाई फिल्ममा अनुबन्ध गरिएको हो । अडिसनमा उनीहरुको अभिनय राम्रो लागेपछि छनोट गरिएको निर्देशक गुरुङले जानकारी दिए । उनीहरुको प्रवेश भएसँगै फिल्म दुई जोडीको कथामा केन्द्रित हुने प्रष्ट बुझिन्छ ।

ओएसआर डिजिटलसँग निर्माणमा सहकार्य गरेको रोहित अधिकारीले यस फिल्ममा नरेन्द्र मैनालीको छायांकन, नरेन लिम्बु, रोमन बज्राचार्य र अनमोल गुरुङको संगीत रहनेछ । फिल्मले एक पात्रको सपना र विपनाबीचको कथा भन्नेछ । फिल्ममा निर्देशक गुरुङ स्वयंको लेखन छ । उनले यसअघि ‘सानो मन’को निर्देशन गरेका थिए । यसबाट उनले निर्देशनमा राम्रो सम्भावना देखाएका थिए । गत महिना फिल्मको ‘अनाउन्समेन्ट’ टिजर रिलिज गरिएको थियो ।


सम्बन्धित समाचार