![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/10/prachanda-and-kp-oli1674714634.jpg?fit=2048%2C1315&ssl=1)
२० असोज,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दुईबीच वार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ।