Logo

२० असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १४ पिपरास्थित नहर रोडमा रहेको पटेल चोक नामक साइन बोर्डमा तोडफोड गरिएको छ ।

गएराति अज्ञात समूहद्वारा पटेल चोक नामक बोर्डको तोडफोड गरिएको स्थानीयबासीले जनाएका छन् । अज्ञात समूहको टोलीले बोर्ड तोडफोड गरि निकालेर फ्याँलेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै युवा समाज पिपराका अध्यक्ष अनिल पटेलले बताए ।

उनका अनुसार यो घटनाबारे प्रहरीलाई समेत जानकारी गराइएको छ । तीन वर्ष पहिला संविधान दिवसको अवसरमा युवा समाज पिपरा अध्यक्ष पटेलको अगुवाईमा पटेल चोक नामाकरण गरिएको थियो ।


सम्बन्धित समाचार