Logo

२१ असोज,वीरगञ्ज । पर्साको बहुअर्वा भाठामा रहेको राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयमा राजनीतिक चलखेलमा शिक्षक सरुवा हुन थालेपछि विवाद उत्पन्न भएको छ ।गाउँपालिकाको कार्यालय राजनीतिक फाइदाको हिसाबमा शिक्षक सरुवा गरेपछि त्यसको विरोधमा विद्यार्थीहरु गाउँपालिका घेराउ गर्न पुगेका थिए ।

दक्ष शिक्षकलाई गरेको सरुवा फिर्ताको माग गर्दै विद्यार्थीहरु गाउँपालिका घेराउ गर्न पुगेको एक विद्यार्थीको भनाइ छ । शिक्षक सरुवा फिर्ताका लागि दबाब दिएपछि मागको सम्बोधनको साटो गाउँपालिकाले उल्टै प्रहरीलाई कुटपिट गर्न लगाएको विद्यार्थीहरुको भनाइ छ ।

विन्दवासिनी गाउँपालिकाको बहुअर्वा भाठा र गर्दौलका विद्यार्थीहरुले शिक्षक सरुवाको विषय लिएर गाउँपालिका घेराउ गर्न पुगेको बेला प्रहरी र विद्यार्थीबीच झडप भएको हो । झडपमा विद्यार्थीहरु कृष्ण मुखिया, विशाल कुमार यादव, अरबिन्द पटेल, निरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव लगायतलाई चोटपटक लागेको छ ।

स्वास्थ्य र विज्ञान विषयका शिक्षकको सरुवा गरेको कारण पठनपाठनमा समस्या आएपछि गुनासोसहित ९ देखी १२ कक्षासम्मका विद्यार्थीहरूले गाउँपालिकाको कार्यालयमा पुगेका थिए ।


सम्बन्धित समाचार