Logo

२१ असोज,सेढवा । पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले दुईजना मोबाइल चोरलाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी महादेवपट्टिबाट प्रहरी सहायक निरीक्षक नन्दलाल साहको नेतृत्व गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नं. १ बलुवा चोकबाट चोरीको तीनवटा मोबाइल सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका वडा नं. १ बेलवा टाँडी बस्ने २५ वर्षीय उपेन्द्र यादव र शान्ति नगरका असर्फी पासवानका १७ वर्षिष छोरा रमेश पासवान रहेका छन् । उनीहरुले सोही वडाका जगतिया बस्ने रामकुमार ओझैयाको घरमा सुरुङ खनी दुई वटा मोबाइल चोरी गरेका थिए ।

त्यस्तै मुकेश साहको फर्निचर उद्योगबाट एउटा मोबाइल चोरी गरेको प्रहरीको आरोप छ ।पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको जिम्मा लगाइएको प्रहरी चौकी महादेवपट्टिका प्रहरी सहायक निरीक्षक नन्दलाल साहले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार