Logo

२१ असोज, वीरगञ्ज । बीरगन्ज छपकैयाकी पुनम देबी हत्यामा संलग्न रहेको आरोप पर्सा प्रहरीले पक्राउ गरेको एक जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

हत्या भएको तीनदिन पछाडि हिजो पक्राउ परेका बीरगन्ज छपकैया निवासी इमरान मियाँलाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पक्राउ परेका मियाँले मसला पिस्ने फलामको रडले मृतक पुनमको टाउँकोमा चार पटक प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक बयानमा स्विकारेका छन् ।

चोरी गर्ने मनसायले पुनमको घरमा गएको मियाँको बयान छ । मृतकका परिवारले दिएको किटानी जाहेरी अनुसार पक्राउ परेका मियाँमाथि अदालतबाट म्याद थप भएको प्रहरीले जानकारी दिएको छ ।

मियाँमाथि कर्तव्य ज्यान मुद्दा अन्तगर्त अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख कोमल शाहको भनाइ छ ।

कसरी भयो हत्या ?

प्रहरी हिरासतमा रहेका मियाँले दिएको बयान अनुसार उनी सर्लाहीको नवलपुरमा रहेको एक रिहाब सेन्टरमा काम गर्थे । १९ गते अर्थात् घटनाको दिन आमाले गाली गरेपछि मियाँ त्यहीँ रिहाब सेन्टरमा जान घरबाट निस्के,बसपार्कसम्म आए पनि । तर उनी सर्लाही नगएर रक्सौलतिर पुगे । त्यहाँ गएर लागुऔषध सेवन गरे, अनि पुनः बीरगन्जतर्फको घरमा फर्के ।

मियाँ भन्छन्–‘घरमा जाँदा दाइले गाली गरेर भगाउनु भयो, त्यसपछि नजिकै रहेको मस्जिदमा गए । त्यहाँबाट फेरि निस्केर गोजीमा रहेको लागुऔषधको खाए । अनि राती भएपछि आफ्नै वडा कार्यालयमा सुत्न गए ।’ वडा कार्यालयमा बस्ने पायक नभएपछि त्यहीँ हुँदाहुँदै पुनमको घरमा जाने रणनीति बुने ।

प्रहरीमा मियाँको बयान छ, ‘त्यही योजना अनुसार उसको घरको झ्यालबाट सिधै छतमा गएर भित्र रुममा गए, जहाँ उनी काम गरिरहेकी थिइन् । दुबै जना एकअर्कालाई देखेपछि पक्रिने डरले किचेनमा रहेको फलामको रडबाट टाउँकोमा एक पटक प्रहार गरे, उनी लड्नि ।’

उनले भने त्यसलगतै पुनमलाई उठाएर उनको बेडमा पु¥याएर बत्ती जलाए । तर उनको आँखा खुल्लै थियो । पुनमको मृत्यु नभएपछि फेरि ३ पटक टाउँकोमा त्यही रडले प्रहार गरेर हत्या गरेको मियाँले प्रहरीलाई जानकारी गराएका छन् ।

प्रहरीमा दिएको जानकारी अनुसार हत्यापछि मियाँ प्रहार गरेको रडलाई नजिकै रहेको धानबारी फालेका थिए ।

सिसिटिभी क्यामेराले मियाँ पक्राउ

मियाँले हत्या गरेपछि आफ्नो कपडा ‘चेन्ज’ गरी निस्फिक्री बजारमा घुमिरहेका थिए । तर यता पर्सा प्रहरीलाई भने हत्यारालाई खोज्न हम्मेहम्मे परिरहेको थियो । जसकारण प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्ने नीति अवलम्बन ग¥यो, जसका लागि करिब २० जना प्रहरीलाई फरकफरक ढंगबाट अनुसन्धान गर्ने जिम्मा दिइयो ।

त्यहीँ क्रममा एउटा टोलीले वडा कार्यालयमा रहेको सिसिटिभि क्यामेराको फुटेजको अनुसन्धान ग¥यो । जुन फुटेजमा देखियो–मियाँलाई वरदातको समयमा घटनास्थलको वरपर ।

पक्राउ परेका मियाँ पहिलादेखि नै लागुऔषध सेवनकर्ता रहेको प्रहरीलाई सूचना थियो । त्यसपछि प्रहरी यही आधारमा अनुसन्धान अगाडि बढाउँदै उनको घरसम्म पुग्यो । सोधपुछको क्रममा लिएको बयानमा छोरा ३÷४ दिन पहिला नै काम गर्न बाहिर गएको आमाले फरक बयान दिइन् ।

यद्यपि, प्रहरीले इमरानलाई राती नै वडा कार्यालय अगाडि रहेको सिसिटिभि क्यामेरामा देखिसकेको थियो । फलतः आमाको फरक बयान आएपछि मियाँ नै घटनामा संलग्न रहेको निचोडमा प्रहरी पुग्यो, अनि मियाँलाई नियन्त्रणमा लियो ।

हत्याबारे मियाँको ‘डेमो’

पर्सा प्रहरीले इमरानलाई नियन्त्रणमा लिने बितिकै आफूले नै हत्या गरेको स्विकारे । अनुसन्धानमा संल्गन एक प्रहरीका अनुसार मियाँ हत्याबारे स्विकारेपछि प्रहरी यहीसम्म चुप लागेन ।

अझ कसरी र किन हत्या गरेको जस्ता प्रश्नमा प्रहरी अनुसन्धान चल्न थाल्यो । ती प्रहरीका अनुसार त्यसपछि मियाँले कसरी हत्या गरे भनेर त्यसको ‘डेमो’ नै दिए । जहाँ उनले आफ्नो सबै कहानी सुनाएका थिए ।

घटनाको अनुसन्धानको सिलसिलामा सुरुमा प्रहरीले मृतक पुनमको ‘कल डिटेल्स’ को आधारमा पक्राउ गरेका सुनिल सर्राफलाई रिहा गरेको छ । पुनमको हत्यामा संलग्नता नरहेको अनुसन्धानबाट पाइएको भन्दै प्रहरीले सर्राफलाई हिजै छाँडेको जानकारी दिएको छ ।


सम्बन्धित समाचार