Logo

२१ असोज, वीरगञ्ज । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार बिभागका प्रमुख अग्नी सापकोटाले अहिले सरकारलाई असफल बनाउनका लागि भने देशी बिदेशी शक्तिहरु लागि नै रहेको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र प्रचार तथा प्रकाशन विभाग मधेस प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय भेला तथा अभिमूखीकरण कार्यक्रमा सापकोटाले यस्तो बताउनु भएको हो ।

उपाध्यक्ष सापकोटाले अहिले जनताले सरकार परिवर्तन नचाहेको भन्दै तत्काल सरकार फेरबदरको कुनै संभावना समेत नरहेको स्पष्ट पार्नुभयो । बर्तमान सत्ताको मुख्य घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नै काँग्रेसको केन्द्रीय समितिको बैठकमा नै गठबन्धन लामो समय जाने भनेर भनिसक्नु भएको छ, गठबन्धनमा कुनै समस्या आउदैन सापकोटाले भन्नु भयो ।

बर्तमान गठबन्धनमा कुनै दरार नआउदैन भन्द एमाले र माओवादीकाबीचमा कुनै तालमेल वा एकता हुने संभावना अहिले नरहेपनि बाम एकताको पक्षमा भने आफूहरु संधै रहेको बताउनुभयो । उहाँले माओवादीका पक्षमा पछिल्लो दिनमा जनताको बिश्वास बढ्दै गइरहेको दावी गर्नुभयोे ।

कार्यक्रममा माओवादी केन्द्रका सचिव एवम् मधेश प्रदेशका इन्चार्ज लीलामणी पोखरेलले माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानले मधेशमा धेरै परिवर्तन भएको दावी गर्नुभयो । तीन महिने अभियानमा जनताको घरदैलोमा जादाँ माओवादी पार्टी विग्रिएको कुरा जनस्तरबाट उठने गरेकोले सच्चिनुको विकल्प नरहेको पोख्रेलले बताउनु भयो ।

पछिल्लो समयमा मूलुकमा धार्मिक सदभाव विथोल्ने प्रयत्न भएको बताउदै इन्चार्ज पोख्रेलले नेपाली जनताको बलिदानबाट प्राप्त उपलब्धी गुम्न सक्ने खतरा देखिएकोले यसमा नेपाली जनता सचेत रहनु पर्ने धारणा राख्नु भयो । उहाँले अहिले गणतन्त्र, धर्मनिरपेक्षता, संघियता र समावेशीतालाई सिध्याउन संविधान नै खारेजगर्ने गरी चलखेल भइरहेकोले त्यसका विरुद्ध सचेतापूर्वक रुपमा प्रतिकार गर्नुपर्ने वेला आएको बताउनु भयो ।

शान्तिप्रकृयामा आएपछि माओवादी पार्टीले जनताको मुख्य एजेण्डा छोडेको कारण १० बर्षे जनयुद्धलाई अपराध घोषणा गरेर माओवादी पार्टी र यसको नेतृत्व माथि चौतर्फी हमाला हुन थालेको पोख्रेलको भनाई थियो ।

सो कार्यक्रममा नेपाका माओवादी पार्टीका स्थायी समिति सदस्य प्रह्लाद बुढाथोकी, केन्द्रीय सदस्यहरु महेन्द्र पासवान, अजयशंकर नायेक, राजु खड्का, क्षेत्रवहादुर श्रेष्ठ अनिल, अचुतम काफ्ले, अशोक जयसवाल, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल लगायतले माओवादी पार्टी अहिले जनताको घरदैलौमा पुगेर जनताको एजेण्डालाई सरकार, सदन र सडकबाट वकालत गरेको धारणा राखेको थिए ।

नेकपा माओवादी केन्द्र प्रचार तथा प्रकाशन विभाग मधेस प्रदेशका प्रमुख एवं प्रेस सेन्टर नेपालका मधेश प्रदेशका इचार्ज गोबिन्द देवकोटाको अध्यक्षमा भएको कार्यक्रममा मधेस प्रदेशमा तीन महिने अभियानमा खटिएका माओवादी पार्टीका जिल्ला इन्चार्जहरु, जनवर्गिय संगठनका प्रमुखहरु र प्रेस सेन्टर नेपालका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

मधेसमा माओवादी केन्द्रकाे प्रचार विभाग गठन

यसैबीच नेकपा माओवादी केन्द्र प्रचार तथा प्रकाशन विभाग मधेस प्रदेश समितिलाई पूर्णता दिएको छ । पार्टीको अभियानलाई व्यापक प्रचार प्रसार गरी आम जनतासम्म पु¥याउन पार्टीका मधेस प्रदेशका प्रचार प्रमुख गोविन्द देवकोटाले प्रस्तुत गर्नुभएको अवधारणालाई कार्ययोजना बनाई अगाडी बढनेगरी समितिलाई पूर्णता दिइएको हो ।

प्रचार विभाग सदस्य तथा मधेस प्रदेश प्रमुख गोविन्द देवकोटाको संयोजकत्वमा २१ सदस्यीय मधेस प्रदेशको प्रचार तथा प्रकाशन समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा प्रभाकर गुप्ता, मूकेश साह, जितेन्द्र श्रीवास्त, भक्ति रिजाल, जयप्रकाश मण्डल, छेदी रजक, निरज पिठाकोटे मगर, प्रदीप गौतम, रानी साह, क्षितिज विक, निराजन साह, विनोद महतो रहेका छन् । यसैगरी जीवस मण्डल उदासी, जितेन्द्र गुप्ता, पुजन सिंह, सुजन पुडासैनी, विनिता दाहाल पनि सदस्यमा चयन गरिएको छ ।


सम्बन्धित समाचार