Logo

२२ असोज,वीरगञ्ज । भारतबाट चोरी पैठारी गरी ल्याइएको ३ लाख बराबरको समान प्रहरीले नियण्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्यस्थित सडकखण्डबाट वडा प्रहरी कार्यालय बिर्ताको टोलीले उक्त सामान बरामद गरेको हो ।
वडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भन्सार छली गरि ल्याउदैँ गरेको अवस्थामा सामानहरु बरामद गरेको जनाएको छ ।

प्रहरीले १ लाख २० हजार मूल्य बराबरको लत्ता कपडा, ९० हजार मूल्य बराबरको किराना सामग्री, ८० हजार मूल्य बराबरको सेक्स टोई, कस्मेटिक १० हजार गरि कुल ३ लाख मूल्यको सामान बरामद गरेको वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्कर बोगटीले जनाए ।

बरामद सामग्री आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उहाँले बताए ।

 


सम्बन्धित समाचार