Logo

२२ असोज, काठमाडौं । नेकपा(माओवादी केन्द्र) को संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा राजनीतिक परिस्थितीबारे बैठकमा छलफल भएको स्रोतले जनाएको छ ।

इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन प्रधानमन्त्री प्रचण्डले आज दिउँसो मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद बैठकअघि माओवादी संसदीय दलको बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।


सम्बन्धित समाचार