Logo

२२ असोज,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आमाको नामबाट पनि वंशज नागरिकता वितरण गर्ने सूचना निकालेको छ ।

नेपालमा बसोबास गरिरहेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा वंशज नागरिकता प्रदान गर्ने सूचना निकालेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ– ‘नेपालको नागरिक आमाबाट जन्म भइ नेपालमै बसोबास गरेको र बाबुको पहिचान नभएको व्यक्तिलाई वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र दिइनेछ । त्यो लिनको लागि १९ वटा बुँदा अनुसार सिफारिस पत्र ल्याउनुहोला ।’

नेपाल सरकारको गृह मन्त्रालयले नागरिकता सम्बन्धि २१ गते निकालेको सुचनामा आमाको नामबाट नागरिकता दिने जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

१७ जेठमा नेपाल सरकारले राजपत्रमा प्रकाशित नेपाल नागरिकता (पहिलो संशोधन) ऐन,२०७९ र नेपाल नागरिकता नियमावली (संशोधन) २०७८ लाई कार्यान्यनमा ल्याउनका लागि आमाको नामबाट वंशजको आधारमा नागरिकता वितरण गर्न लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले जनाए ।

नेपालको नागरिकता ( पहिलो संशोधन) ऐन, २०७९ र नेपालको नागरिकता नियमावलीको ( दोस्रो संशोधान) २०७८ लाई कार्यान्वयनमा आएपछि आमाको नाममा नागरिकता पाउने भएका छन ।

आमाको नामबाट नागरिकता प्रमाणपत्र बनाउन १९ वटा कागजात र वडा कार्यालयको सिफारिससहितको अनुसूची–१ पेश गर्न हुने सूचनामा भनिएको छ ।

सिडिओ कार्यालय पर्साले मागेका ती १९ वटा सिफारिस पत्रहरु यस्ता छन् ।

–सम्बन्धित वडा कार्यालयको अनुसूची–१ बमोजिमको सिफारिस

– १३ (तेह) अंक सहित Online दर्ता गरेको जन्म दर्ता प्रमाणपत्र,

–शैक्षिक योग्यताको प्रमाणपत्रहरु÷SEE प्रवेश पत्र, विदेशमा पढेको हकमा राष्ट्रिय परिक्षा वोर्ड वा त्रि.वि.बाट समकक्षता निर्धारण ।

–आमा वा आफ्नो वंश तर्फको तीन पुस्ता भित्रको नातेदारको नेपाली नागरिकता प्रमाणपत्र ।

–आमा जिवीत नभएको अवस्था मृत्यु दर्ता प्रमाण पत्र ।

–आमाको होस ठेगानमा नभएको अवस्थामा चिकित्सकले होस ठेगानमा नभएको भनी गरेको सिफारिस पत्र ।

–सिफारिस गर्ने स्थानीय तह भित्र जन्म भई निरन्तर रूपमा स्थायी बसोबास भएको तथ्य स्पष्ट रुपमा उल्लेख भएको सर्जमिन मुचुल्का ।

–सम्बन्धित वडा कार्यालयबाट प्रमाणित पारिवारीक विवरण ।

–जन्म स्थान र नाता खुल्ने गरी वडा कार्यालयले गरिदिएको फोटो सहितको नाता प्रमाणित ।

–उद्गम स्थान र गन्तब्य स्थानको Online बसाई सराई दर्ता प्रमाण पत्र (ठेगाना परिवर्तन गरी
ना.प्र. लिन चाहेमा) ।

–जग्गाधनी प्रमाण पूर्जा, भूमीहिनको हकमा राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ताको निस्सा ।

–भूमीहिन परिचयपत्र, विद्युत÷खानेपानी÷फोहोर महसुल भुक्तानी रसिद

–स्थायी लेखा नम्बर, व्यवसाय दर्ता प्रमाण पत्र ।

–अनुसूची–३ बमोजिम स्थलगत सर्जमिन मुचुल्का (सम्बन्धित वडा कार्यालयमा गर्ने) । १५. अनुसूची ४ बमोजिम सर्जमिन मुचुल्का (यस कार्यालयमा गर्ने)

–निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको तोकिए बमोजिमको स्वघोषणा,

–७ दिने सूचना (यस कार्यालयबाट गर्ने) ।
–आवश्यकता अनुसार प्र.जि.अ.ले स्थानीय तह लगायतका संयन्त्रबाट थप जानकारी लिन सक्ने ।

–अनुसूची-निवेदन दर्ता गराउन यस कार्यालयको कोठा नं ७ मा सम्पर्क गर्नु हुन ।


सम्बन्धित समाचार