Logo

२२ असोज, पोखरिया । पर्साको पोखरिया नगरपालिका कार्यालयले वडा नं ४ बजारमा रहेको वीरगंज चिनी कारखानाको अतिक्रमित पुरानो आवासीय क्षेत्र खाली गराउने कार्य रोकिएको छ । पोखरिया नगरपालिकाले जबरजस्ती आफ्नो कब्जामा लिएर अर्को संरचना बनाउँन लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि आवासीय क्षेत्र खाली गराउने कार्य रोकिएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साले सरकारको पूर्ण स्वामित्वमा रहेको वीरगंज चिनी कारखाना बन्द गरेपछि अर्थ मन्त्रालयले सोको रेखदेख, निगरानीको लागि कोलेनिकालाई जिम्मेवारी दिएको थियो ।

प्रमुख कोष नियन्त्रक यज्ञराज उप्रेतीले आवासीय क्षेत्रमा रहेको दुईतले भवन नभत्काउन र भत्काउन आवश्यक भए अर्थ मन्त्रालयसँग सहमति लिएर मात्र प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै निकायमा पत्रचार गरेपछि अतिक्रमित पुरानो आवासीय क्षेत्र खाली अभियान रोकिएको हो ।

पोखरिया चिनी कारखानाको जग्गामा पुरानो दुई तल्ले पक्की घर छ । जहाँ एक दशकदेखि मानव कल्याण युवा क्लबले सात कोठे पक्की भवन बनाएर घर भाँडा असुल्दै आएको छ । नगरपालिकाले ३५ दिने सूचना जारी गर्दै भवन भत्काउने चेतावनी दिएपछि कोलेनिकाले यस सम्बन्धमा पहल गरेको हो ।
क्लब र चिनी कारखानाका पूवकर्मचारीहरुको अतिक्रमणमा रहेको सो जग्गा खाली गराइएको नगरप्रमुख प्रद्युम्न चौहानले बताए ।


सम्बन्धित समाचार