Logo

२४ असोज,चितवन । रोटर्‍याक्ट क्लब अफ चितवनको आयोजना तथा बोस्टन इन्टरनेशनल कलेज, भरतपुरको सहकार्यमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ ।मानसिक स्वास्थ्य  सबैको अधिकार भन्ने नाराका साथ दिवस सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

युवाहरुमा बढ्दो मानसिक समस्या पहिचान र निराकरणका उपायहरु बारेमा केन्द्रित भइ सचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रोटर्‍याक्ट क्लव अफ चितवनका अध्यक्ष प्रभा गुरुङले जनाए ।

१ सय ५० जनाको सहभागीता रहेको कार्यक्रममा प्रोफेसर डा. होम बहादुर बस्नेतले स्वस्थ्य मनस्थितिबाट युवा सशक्तीकरणमा “सकारात्मक सोचको” भूमिका विषयमा प्रेरणामूलक प्रस्तुती दिएका थिए ।‘मानिसको जन्मदेखी मृत्यु एक चक्र भएको बताउँदै,उनले भने,‘यसमा आउने हरेक समस्यालाई सकारात्मक सोचबाट निराकरण गर्नुपर्छ ।’

त्यस्तै वरिष्ठ मनोचिकित्सक डा. सृजना भुर्तेलले युवा अवस्थामा हुने मानसिक समस्याको पहिचान गर्ने उपाय तथा समस्या समाधानका विभिन्न उपायबारेमा सहभागीसमक्ष अन्तरक्रियात्मक तरिकाले जानकारी दिएका क्लबका निर्देशक प्रतीक काफ्लेले बताए ।

रोटर्‍याक्ट क्लब अफ चितवनका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका डीन प्रोफेसर डा. होम बहादुर बस्नेत, भरतपुर अस्पताल तथा मनकामना अस्पतालकी वरिष्ठ मनोचिकित्सक डा. सृजना भुर्तेल, बोस्टन इन्टरनेशनल कलेजका अप्रमेय खकुरेल लगायतको सहभागिता थियो । कार्यक्रमको संयोजन तथा संचालन क्लबका सदस्य गौरव देवकोटाले गरेका थिए ।


सम्बन्धित समाचार