Logo

२४ असोज,काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।

सरकारले आज राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल पठाउने भएको हो । उक्त जहाजमा इजरायलबाट नेपाल फर्किन चाहने नेपालीलाई ल्याइने छ । त्यस्तै हमासको आक्रमणबाट मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पनि सोही जहाजमा ल्याइने परराष्ट्र मन्त्रालयले जानकारी दिए ।

मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ३५० जना नेपाली इजरायलबाट नेपाल फर्किन नाम टिपाएका छन् । परराष्ट्र मन्त्रालयले आजै दिउँसो साढे चार बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्दैछ । उक्त पत्रकार सम्मेलनमा नेपालीलाई लिन जहाज पठाउने विषयमा जानकारी गराउने परराष्ट्र स्रोतले जनाएको छ । हमासले गरेको आक्रमणमा १० नेपालीको ज्यान गएको छ ।


सम्बन्धित समाचार