Logo

२५असोज,पचगावाँ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ मा रहेको एक विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाक वितरण गरिएको छ ।श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय मनिहर्वाका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी पोशाक वितरण गरिएको हो ।

गाउँपालिकाको ५८ हजार ८ सय रुपैँयाको बजेटबाट विद्यालयमा अध्ययनरत २ सय ५० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको हो ।

वडा नं.५ का वडाध्यक्ष बिपिन मुखिया, वडा सदस्य मदन मिश्र र विद्यालय ब्यवस्थापन समिति अध्यक्ष शम्भु प्रसाद थारू तथा विद्यालयका प्रधानाध्यापक हरिराज प्रसाद यादव लगायतको उपस्थितिमा पोशाक वितरण गरिएको हो ।


सम्बन्धित समाचार