Logo

२५ असोज,काठमाडौँ । गृह मन्त्रालयले ४ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर  गरेको छ । २३ असोजको निर्णयअनुसार गृह मन्त्रालयले दोलखा, सर्लाही, बाँके र इलामका प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको सर्लाहीमा सरुवा गरिएको छ भने सर्लाहीमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई उठाएर बाँकेमा प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

गृहमा रहेका टुवाराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
सूची –


सम्बन्धित समाचार