Logo

२५ असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले छुट्टाछुट्टै स्थानबाट ६५ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।विशेष सूचनाको आधारमा प्रहरीले हाडवेयर, औषधी तथा खुद्रा सामानहरु बोकेको दुईवटा ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले वीरगञ्ज–१५ प्रतिमाचोकबाट ना १ ख ३२०१ र वीरगञ्ज–१४ गण्डकबाट ना.४ ख ११२७ नम्बर गरी दुईवटा ट्रक नियन्त्रणमा लिएको हो ।वीरगञ्जबाट झापा र नुवाकोटतर्फ जाँदै गरेको सूचनाको आधारमा माल बाहक ट्रक पक्राउ गरिएको हो ।

ट्रकमा लोड रहेका सामानहरुको बिलबिजक शंकास्पद देखिएकोले नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता कुमारबिक्रम थापाले जनाए ।

प्रहरीले दुबै ट्रकबाट ६५ लाख ९ हजार २९७ रुपैँया मूल्य बराबरको सामान बरामद गरेको छ । नियन्त्रणमा लिइएका दुईटै ट्रकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार