Logo

२५ असोज,पोखरिया । पर्साको पोखरिया नगरपालिकामा अख्तियारको टोलीले छापामारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको हेटौँडाबाट आएको टोलीले नगरपालिकाकी उपप्रमुख रुवी ठाकुरको कार्याकक्षमा छापा हानेको हो ।

शिशिर श्रेष्ठ नेतृत्वको टोलीले अपांग समन्वय समितिले गरेको निर्णयको माइन्युट र ढड्डा सहितको फाइल नियन्त्रणमा लिएको हो ।

पोखरिया नगरपालिकाका पूर्व नगर उपप्रमुख सलमा खातुन नेतृृत्वमा रहेका वडा सचिव, अमिरका प्रसाद चौहान, नवल ठाकुर सहितको कार्यकालमा बनाइएको अपांगता कार्डको निर्णय बुक, ढड्डा सहितको फाइल अख्तियारको टोलीले नियन्त्रणमा लिएर गएको हो ।


सम्बन्धित समाचार