Logo

२६ असोज,बारा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाराले नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना, आदन प्रदान तथा जिल्ला भेला गर्ने भएको छ ।

कोल्हवीको शुभ विहानी होटलमा ३० असोजमा हुने भेलामा केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल) को प्रमुख आतिथ्यतामा रहने भएको छ ।

भेलाको तयारीको विषयमा निजगढमा बसेको सचिवालय बैठकले शुभकामना आदनप्रदान र अन्तक्रिर्या गर्ने निर्णय भएको उपाध्यक्ष प्रदिप गौतमले जानकारी दिए ।

अध्यक्ष रन्जन यादवको अध्यक्षतामा भएको बैठकमा सेन्टरका बारा ईन्चार्ज कृष्ण उदास खनाल, नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश सदस्य रविराज दंगाल, प्रेस सेन्टरका अशेष ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

 


सम्बन्धित समाचार