Logo

२६ असोज,वीरगञ्ज । बाराबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले बाराको महागढिमाई नगरपालिकाबाट २९ केजी गाँजा बरामद गरेको हो । महागढीमाई नगरपालिका– ६ स्थित प्रहरी टोलीले चेकजाँच गरेको थियो ।

जाँच गर्ने क्रममा प्र २–०३–०२२ नम्बरको मोटरसाइकलमा लाग्ुऔषध गाँजा ल्याउँदै गरेका ब्यक्ति गाँजाको बोरा फालेर फरार भएका थिए । मोटरसाइकललाई खोज्दै जाँदा महागढिमाई नगरपालिकाकै वडा नं. ११ मधुरी मोटोलको बासँघारीबाट उक्त मोटरसाइकल समेत बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

गाँजा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार