Logo

२६ असोज,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा आज शोक विदा दिइएको छ । पुर्व नगरप्रमुख डा.कृष्ण पौडेलको निधनको शोकमा उपमहानगरमा आज शोक विदा दिइएको हो ।

नगरप्रमुख राजन पौडेलले शोक वकत्व्य जारी गरी पूर्व नगर प्रमुख डाक्टर पौडेलको निधनप्रति दुख व्यक्त गर्नुका साथै श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । पूर्व मेयर डाक्टर कृष्ण पौडेलको निधनको शोकमा उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालय र शिक्षण संस्थाहरुमा विदा दिएको जारी वक्तव्यमा उल्लेख छ ।

यसैबीच हिजो घरमै मृत फेला पर्नुभएका पौडेलको शल्य परीक्षणका लागि शव वीरगन्जको नारायणी अस्पतालमा ल्याईएको छ । शल्यपरीक्षणपछि उहाँको पार्थिव शरिर बिहान ११ बजे वडा नम्बर २ को कार्यालय अगाडि श्रद्धाञ्जलीको लागि राखिने र सिमरा बजारमा शवयात्रा पछि आजै दिउँसो दुधौरो खोलामा उहाँको अन्त्यष्टि गरिने जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार