Logo

२६ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकी स्थित मन्दिरमा घटस्थापनाको दिन दूर्गा माताको प्राण प्रतिष्ठा राखिने भएको छ ।

मधेस प्रदेश सरकारको ५० लाख बजेट र नपुग वडा समितिको बजेटबाट नवनिर्मित मन्दिरमा घटस्थापनाको दिन कलस यात्रा सहित प्राणप्रतिष्ठा गरिने तयारी गरिएको दूर्गा माता मन्दिर समितिले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

घटस्थापनाको दिन प्राणप्रतिष्ठा राखेर जमरा राखिने र लगातार नवरात्रसम्म पूजा आरधाना गरिनुका साथै नवमीको दिन हवन र १०८ चण्डी पाठ गर्ने तथा दशमीको दिन महाप्रसाद वितरण गरिने कार्यक्रम रहेको वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ताले जानकारी दिनुभयो ।

मन्दिर निर्माण समितिका अध्यक्ष सञ्ज्य श्रीवास्तवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष डाक्टर अमरनाथ ठाकुर, रामाधार प्रसाद लगायतको उपस्थिति रहेको थियो । घटस्थापनाको दिन सबै श्रद्धालु भक्तजनहरुलाई कलशयात्रामा तथा प्राणप्रतिष्ठामा सहभागी हुन समेत आयोजकले आह्वान गरेको छ ।


सम्बन्धित समाचार