Logo

२६ असोज,वीरगञ्ज । मिडियाको शक्तिले सत्तालाई दिशा निर्देश गर्नेभएकाले सञ्चार क्षेत्रमा कुनै प्रकारको गुट उपगुट हावी हुन नहुने मधेश प्रदेशको भौतिक पूर्वाधारमन्त्री कृष्णकुमार यादवले बताउनुभएको छ । सर्लाहीको लालबन्दीमा आज नेपाल प्रेस युनियनको प्रादेशिक भेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो ।

लालवन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले लोकतन्त्रमा निरंकुशता सह्य नहुने बताउनुभयो । हाम्रो नगरबाट अघि बढाइएका सम्पूर्ण कार्यक्रम लोकतन्त्र र जनताको पक्षमा रहेको उहाँले दावी गर्नुभयो । लोकतन्त्रको भविष्य यसको सुदृढीकरण, विकेन्द्रीकरण अधिकारलाई सुनिश्चितता गर्नुमा रहेको उहाँको भनाइ छ ।

मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरेन्द्र सिंहले नेपाली कांग्रेस मिसन २०८४ लाई सफल बनाउन प्रेस युनियनले अग्रसरता देखाउनुपर्ने सुझाव दिनुभयो । पछिल्लो समय कांग्रेसका गतिविधिलाई प्रचारप्रसार गर्न प्रेस युनियनको भुमिका गौण भएर युनियन र कांग्रेसबीच तिक्तताको अनुभूति आउन नहुने उहाँको सुझाव छ ।


सम्बन्धित समाचार