Logo

२७ असोज,वीरगञ्ज । बारा सिमरा उपमहानगरका पूर्वमेयर डा. कृष्ण पौडेलको मृत्यु शारिरीको आन्तरिक गडबडीका कारण भएको पाइएको छ ।नारायणी अस्पतालमा डाक्टरहरुले गरेको पोष्टमार्टममा डा. पौडेलको मृत्यु बाहिरी चोटपटका कारण नभएको पाइएको हो ।

नारायणीमा अस्पतालमा भएको पोष्टमार्टपछि बारा प्रहरी यो निचोडमा पुगेको हो । बारा प्रहरी भन्छ–चिकित्सकहरुको टोलीले गरेको पोष्टमार्टममा डा. पौडेलको शरीरमा कुनै किसिमको बाहिरी चोटपटक देखिएको छैन्, भएको प्रारम्भिक पोष्टमार्टममा शरीरमा केही दाग वा नीलडाम पनि छैन् ।’

प्रहरीका अनुसार त्यसकारण डा. पोडेलको शारिरीक गडबडीका कारण मृत्यु भएको चिकित्सकहरुको अनुमान छ ।बारा प्रहरी प्रमुख सुरेश काफ्ले पोष्टमार्टम रिपोर्ट नआएसम्म अहिले केही पनि भन्न नसकिने अवस्था रहेको जनाए ।

तरपनि अहिलेसम्म शारिरीक गडबडीको कारण मृत्यु भएको उनको संकेत छ ।उनले भने,‘पूर्वमेयर साहेब ब्ल्ड प्रेसर थियो, उनी त्यसको दबाइ पनि खानुहुदोरहेछ । सायद तनाव बढी भएर यो घटना भएको हुन सक्छ ।’

तर त्यसको बाबजुद पनि प्रहरी अनुसन्धान चलिरहेको र यही कारणले मृत्यु भएको हो भनी किटान गर्न सक्ने अवस्था नरहेको एसपी काफ्लेको प्रतिक्रिया छ ।

यही २३ गतेदेखि डा.पौडेल घरमा एक्लै बस्दै आइरहेका थिए । श्रीमती घरमा आएपछि डा. पौडेल आफ्नै घरमा बेड नजिकै मृत अवस्थामा फेला परेका थिए ।

 


सम्बन्धित समाचार