Logo

२९ असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलेर ल्याइएका खाद्यन्न सामाग्री तथा लत्ताकपडा बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ गिरिजा चोकबाट ५ लाख ८९ हजार ५९० रुपैँया बराबरको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले अटोमा लोड गर्दै गरेको अवस्थामा उक्त परिमाणमा सामग्री बरामद गरेको हो ।
पर्सा प्रहरीका अनुसार काजु, मैदा, चिनी, ललिपप चक्लेट, तिलौरी पापड, केराउ, स्न्याकर चकलेट, सुर्ती, सर्ट थान कपडा, पार्दा रेडिमेट, कुसन कभर र कुर्ता सुरुवाल पक्राउ गरिएको हो ।

प्रहरी टोलीलाई देख्नसाथ तस्कर भने सामान छाडी फरार भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले बताए ।
बरामद सामग्री आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार