Logo

२९ असोज,जनकपुर ।मधेस प्रदेशसभाको बैठक सुरु हुनु वित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेपछि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी एमालेको सांसदको विरोधपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको जनाएको हो ।
एमालेका प्रदेशसभा सदस्यहरुले विकास निर्माणको काममा उपभोक्ता समिति गठन गर्दा निर्वाचित जनप्रतिनिधिको रोहबरमा हुने सहमति कार्यन्वयन नभएको भन्दै विरोध जनाएको थियो ।

सरकारबाट विनियोजित बजेट सञ्चालन गर्न बनाइएको कार्यविधि मुख्यमन्त्रीले दलका नेताहरुसँग गरेको सहमति नमानेको भन्दै एमालेका संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरको नेतृत्वमा एमालेका प्रदेशसभा सदस्यहरुले विरोध गरेका थिए ।

संसदीय दलका उपनेता ठाकुरले सहमति भएको महिनौ बितिसक्दापनि मुख्यमन्त्रीले बेवास्ता गरेको भन्दै बाध्यतावश बैठक अवरुद्ध गरेको बताए ।

एमालेका प्रदेशसभा सदस्यहरुले जवाफ माग्दै बैठक अवरुद्ध गरेपछि सभामुख मण्डलले यस विषयबस्तुमा जानकारी आइसकेको भन्दै पकट पटक बैठक सञ्चालन गर्नका लागि आग्रह गरेको थियो ।


सम्बन्धित समाचार