Logo

२९ असोज,जनकपुर । बडादसैँको अवसरमा जनकपुरधाममा मातालाई दर्शन गर्न आएकी एक महिलाको रकम लुटिएको छ ।

जनकपुरधाम स्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा दर्शन गर्न आएकी धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ९ स्थित भतही बस्ने आशा मण्डलले बोकेको ब्यागमा रहेको एक लाख रुपैयाँ लुटेराले लुटेको हो ।

यता जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिकाको सदस्यसमेत रहेका राजदेवी पुजा आयोजक समितिका सदस्य राकेशविक्रम साहले यस घटनाबारे पुष्टि गरेका छन् ।

उनले सिसिटिभीमार्फत लुटिएको घटनापनि देखिएको बताए । उनले मन्दिर आउँदा बहुमूल्य गरगहना, भारी रकम बोकेर नआउन आग्रह गरेका छन् ।

 


सम्बन्धित समाचार