Logo

३० असोज,वीरगञ्ज । ६८ औं प्रहरी दिवस आज जिल्ला प्रहरी कार्यालय पर्सामा पनि मनाइएको छ । ‘अपेक्षा फलको छैन, सधै कर्तव्यको चिन्तन, आहुती प्राणको दिने तिमीमा अभिनन्दन’ भन्ने नाराका साथ प्रहरी दिवस मनाइएको छ ।

प्रहरी संगठनको स्थापना भएको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयसहित देशभरका प्रहरी यूनिटहरु प्रहरी दिवस मनाउने गरेको छ ।
पर्सामा प्रहरी दिवस मनाउँदै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लामा शान्ति सुरक्षा कायम गर्नमा प्रहरी सफल भएको जिकीर गरे ।

उनले भने,‘ वीरगञ्जमा पछिल्लो समय केही घटना घटेको थियो, जसले चुनौती नै खडा गरदिएको थियो । तर प्रहरी नेतृत्वको सक्षमताले ती घटनाहरुको चाँडै समाधान निस्कयो ।’

सबै अपराधहरुमा प्रहरीको सूक्ष्म अनुसन्धान र मिहिनेतले नै सफलता मिलेको भन्दै प्रजिअ रेग्मीले पर्सा प्रहरीलाई धन्यवाद दिएका थिए ।
प्रहरी दिवसमा बोल्दै प्रजिअ रेग्मीले भने,‘चाँडबाडको बेला छ, यसमा अपराधिक गतिविधि बढ्न सक्छ । त्यसकारण यसतर्फ विशेष ध्यान दिएर आम नागरिकलाई शान्तिपूर्वक चाडबाड मनाउन माहोल दिनुपर्छ ।’

प्रहरी दिवसमा बोल्दै पर्साका प्रहरी प्रमुख कोमल शाहले शान्ति सुरक्षा कायम गर्नमा कुनै कसर बाँकी नराख्ने बताए ।

अपराध गर्ने जोसुकैलाई कानुनी कठघेरामा ल्याउने प्रहरी सक्षम रहेको भन्दै उनले भने,‘चाडबाडमा प्रहरीले अमन चयन कामय गर्नको लागि विशेष रणनीति नै बनाएको छ, अपराधीलाई काही पनि उम्किने ठाउँ छैन । त्यसकारण तपाइँहरु ढुक्कले चाडबाड मनाउनुस हामी छौं ।’

४ जना प्रहरी पनि पुरस्कृत

यहीबीच पर्सामा उत्कृष्ट काम गरेको चारजना प्रहरीलाई पुरस्कृत गरिएको छ । जिल्लाको शािन्त सुरक्षा तथा अपराध रोकथाममा सहयोग पु¥याएको भन्दै २ जना प्रहरी निरीक्ष र २ जना प्रहरी नायब निरीक्षकलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा प्रहरीका अनुसार प्रहरी निरीक्षकहरुतर्फमा मनिषा लौडारी, मोहनविक्रम केसी र प्रहरी नायब निरीक्षकद्वयमा बिनोद काफ्ले र तेजप्रताप सिंहलाई पुरस्कृत गरिएको हो । यसको साथै समुदायमा प्रहरीलाई सहयोग पु¥याउने सामुदायिक प्रहरी र नागरिक समाजका अगुवालाई समेत पुरस्कृत गरिएको पर्सा प्रहरीले जनायो ।


सम्बन्धित समाचार