Logo

३० असोज,वीरगञ्ज । उपकार सेवा नेपाल नामक सस्ंथाले एक जना वृद्धलाई व्हिल चेयर वितरण गरेको छ । लामो समयदेखि शारीरिक रुपले असक्त रहेका वृद्धलाई सस्ंथाले व्हिल चेयर प्रदान गरेको हो ।

सस्थांले वीरगञ्ज महानगरपालिका वडा नं. ३० लालपर्सा निवासी ६२ वर्षीय राजु मियाँलाई एक थान व्हिल चेयर वितरण गरेको जनाएको छ ।

लालपर्सास्थित मज्जिदमा एक कार्यक्रमको आयोजना गरि मियाँलाई व्हिल चेयर वितरण गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सज्जन अग्रवाल, नेकपा एमालेका अरबिन्द सिंह, स्थानीय शिक्षक राधेश्याम गुप्ताको लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार