Logo

३० असोज,सिम्रौनगढ। बाराको सिम्रौनगढ नगरपालिकाका अन्र्तगतका विभिन्न शाखाका कर्मचारी तथा शिक्षकहरुले नगरपालिकामा तालाबन्दी गरेका छन् । लामो समयदेखि तलब नपाएको भन्दै उनीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाई धर्नामा बसेका हुन् ।

चाडपर्व मूखमै हुदाँ समेत आफ्नो तलब नपाएको उनीहरुको गुनासो छ । नगर शिक्षक संघका अध्यक्ष उमा शंकर प्रसाद यादवको अगुवाईमा गएको शिक्षक तथा कर्मचारीको टोलीले तालाबन्दी गरेका हुन् । तलबको लागि लिखित तथा मौखिक रुपले नै बारम्बार माग गर्दा कुनै सुनुवाई नभएकाले बाध्य भई यस्तो निर्णय लिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

नगरपालिकाको मूलगेटमा तालाबन्दी पश्चात सहभागीहरुले कोण सभाको आयोजना गरेका थिए ।


सम्बन्धित समाचार