Logo

१ कार्तिक, बारा । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य प्रल्हाद बुढाथोकीले भ्रष्टाचार बिरुद्ध कार्वाही चलाउदा सरकार नै संकटमा पर्ने स्थिती देखिएको बताउनु भएको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाराको शुभकामना अदानप्रदान तथा जिल्ला भेलालाई सम्वोधन गर्दै उहाँले वडा स्तर देखि सिंहदरवार भित्र सम्म हुने भ्रष्टाचार विरुद्ध पार्टीले सरकार, सदन र सडकबाट अभियान सञ्चालन गरिरहेको बताउनु भयो ।

माओवादी पार्टीले सञ्चालन गरेको तीन महिने माओवादी रुपान्तरण अभियानका बारा जिल्ला संयोजक समेत रहेका बुढाथोकीले मुख्यत कांग्रेस एमाले जस्ता पुराना पार्टीहरु संस्थागत रुपमा भंष्टाचारमा लिप्त भएको देखिएकोले सरकारले भ्रष्टाचार विरुद्ध चलाएको कार्वाहीले प्रभावकारी रुपमा गतिलिन नसकेको बताउनु भयो ।

उहाँले नेपाललाई कृषि प्रधान देश भनिएपनि दाल, चामल देखि खुर्सानी सम्म भारतको भरपर्नु पर्ने स्थिती अन्त्य नगरेसम्म मूलुकमा देखिएको आर्थिक संकटबाट देशलाई मुक्त गर्न नसकिने बताउनु भयो । सामाजिक सञ्चालमा अरुको मानमर्दन हुनेगरी सन्देश प्रवाह गर्ने पत्रकारलाई समेत कार्वाहीको दायरामा ल्याउनु पर्ने संयोजक बुढाथोकीको भनाई छ ।

उहाँले प्रेस सेन्टर नेपाल पत्रकारहरुको एक गौरबशाली सङ्गठन भएकाले यसमा आबद्ध पत्रकारहरुको कलम समाजका शोषणमा परेका ,पिडित ,बिकृती ,बिसङ्गती तथा भ्रष्टचार बिरुद्ध हुनुपर्नेमा जोड दिनु भएको थियो ।

उहाँले सरकारको नेतृत्व माओवादी केन्द्रले गरिरहेतापनि अहिले पनि जनताहरुको अवस्थामा सुधार हुन नसकेका कारण त्यसका बिरुद्धमा पनि कलम चलाउँनुपर्ने सुझाव दिनु भएको थियो ।

त्यस्तै प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा पाटीका मधेश प्रदेश प्रचार तथा प्रकाशन बिभागका प्रमुख गोबिन्द देवकोटाले प्रेस सेन्टर नेपालले राष्ट्र, राष्ट्रियता र जनजिबिकाको पक्षमा कलम चलाउँदै आईरहेको बताउँदैँ आम श्रमजीबी पत्रकार तथा मिडिया बारे सङ्गठनले उठाएका मुद्धाहरु सम्बोधन गराउँन सरकारलाई दबाब दिईरहेको बताउनु भयो ।

उहाँले अहिले मूलुकमा देखिएको बेथिति र भ्रष्टारको जालो स्थानीय सरकारसम्म रहेकोले सुशासनका पक्षमा मिडिया मार्फत बकाल गर्नुपर्ने बताउदै पत्रकारिता मर्यादीत पेशा भएकोले जनताको भरोसा योग्य संचारकर्मी बनेर काम गर्न प्रेस सेन्टरका सदस्यहरुलाई आग्रह गर्नु भयो ।

माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य तथा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सत्य ,स्वतन्त्र र निष्पक्ष पत्रकारीताको पक्षमा आफु सधै रहेको बताउनु भयो । उहाँले पत्रकार समाजको ऐना भएका कारण उसका कलमहरु आम जनताको बोलि र भावना लेख्नुपर्ने धारणा राख्नु भयो ।

राजनीतिक पूर्वाग्र र पार्टीगत पत्रकारीताको नाममा कसैले पनि बिकृती फैलाउँन नहुनेमा जोड दिदै मेयर राजन पौडेलले आफ्नो बारेमा सामाजिक सञ्चालमा गलत सूचना दिने एक जना पत्रकारको विरुद्ध आफूले साइवर अपराधमा उजुरी दिएको बताउनु भयो ।

त्यस्ता पाटीका अर्का बैकल्पिक केन्द्रिय सदस्य रामबाबु बैठाले माओवादीले जनतामाझ ल्याएको तीन महिने रुपान्तरण अभियानलाई सही अर्थमा सर्बसधारणलाई बुझाउँनुपर्नेमा जोड दिनु भएको थियो । । माओवादी रुपान्तरण अभियान अन्तर्गत पाटीले गरेका असल कार्यहरुको प्रचारप्रसार गरिदिनुपर्ने सल्लाह दिनु भएको थियो ।

नेकपा माओवादी केन्द्रका बारा जिल्लाका नेता रबिराज दंगालले पाटी र प्रेस सेन्टर नेपालको समन्वयको आवश्यक्ता औल्याउँनुभयो । पत्रकारहरुको बृद्धि र बिकासमा पाटीले सोच्नुपर्ने धारणा ब्यक्त गर्नु भएको यियो ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितीका अध्यक्ष रञ्जन यादबको अध्यक्षतमा भएको कार्यक्रममा अध्यक्ष यादबले नेपाल पत्रकार महासंघ मधेश प्रदेशले सदस्यता बितरण तथा शुद्धिकरणकोलागि गरेको सिफारिस पुर्वाग्राही पुर्ण रहेको बताएका थिए ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयलाई प्रदेशले गरेको सिफारिस अबिलम्ब सच्याउँनुपर्ने माग गरेका थिए । उनले मञ्चबाट बिभिन्न चरणका आन्दोलनका घोषणा गरेका थिए ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितीका बाराका ईन्चार्ज कृष्ण उदास खनालको स्वागत मनतब्य रहेको कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष प्रदिप गौतमले गरेका थिए ।प्रेस सेन्टर नेपाल बारामा बिभिन्न स्थानीय तहबाट २० जना पत्रकारहरु आबद्ध भएका थिए ।


सम्बन्धित समाचार