Logo

१ कात्तिक,वीरगञ्ज । भेट्रान सिटि क्लब वीरगञ्जले प्रथम वीरगञ्ज गोल्डकप ०८० फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगित आदर्शनगर रंगशालामा यहि कात्तिक १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने क्लवले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

पर्यटन प्रवद्र्धन एवम् खेलको बिकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

झण्डै ५ बर्षपछि आर्दशनगर रंगशालामा आयोजना गरिने प्रतियोगिता मधेश प्रदेशकै उच्च धनराशीको प्रतियोगिता हो ।

वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजकमा हुन लागेको प्रतियोगितामा नेपाल तथा भारतिय शहरका टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा त्रिभुवन नेपाल फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाईज युनाईटेड, झापा एफ सी, क्लाईभ हाउस, डम डम कोलकत्ता, नर्थ जोन फुटबल टिम दिल्ली र आयोजक भेट्रान सिटि क्लब वीरगञ्ज सहभागि रहनेछन् ।

करिब ८० लाख रुपँैया बजेटमा प्रतियोगिता आयोजना गरिने क्लवका अध्यक्ष सविन बस्नेतले जानकारी दिए । खेलमा प्रथम बिजेतालाई ११ लाख ११ हजार १ ११ रुपैया प्रदान गरिने छ । भने उप बिजेतालाई ५ लाख ५५ हजार ५५५ रुपैँयाले पुरस्कृत गरिनेछ ।

प्रत्येक दिन हुने खेलको म्याच अफ द म्याचलाई समेत विद्यागत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार