Logo

२ कात्तिक,वीरगञ्ज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे अस्पतालले ’मेडिकल सर्टिफिकेट’ जारी गरेको छ ।
’पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ले बिहिवार दिउँसो ’मेडिकल सर्टिफिकेट’ जारी गरेको हो ।

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ’ओब्टस मार्जिनल शाखा(इः)’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ । उहाँको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ।

गृहमन्त्री श्रेष्ठलाई अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा राखिएको छ । उनका स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्णरूपमा सचेत रहनुभएको पनि अस्पतालले जनाएको छ ।
’तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुग्नुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो ।


सम्बन्धित समाचार