Logo

३ कात्तिक,काठमाडौं। नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)को भर्ना खोलेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी निरीक्षक पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक पदमा २६० जनाका लागि भर्ना खोलेको हो।

दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ। प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्शालले आज निकालेको सूचनामा उल्लेख छ।

प्रहरी निरीक्षक पदका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहको २० प्रतिशत (२४० रुपैयाँ) थप दस्तुर लाग्ने छ। प्रहरी सहायक निरीक्षक पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ। साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत (१०० रुपैयाँं)को दरले थप दस्तुर लाग्ने छ।

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने सुचनामा उल्लेख छ। प्रहरी निरीक्षक पदमा स्नातक उत्तीर्ण र प्रहरी सहायक निरीक्षक पदमा प्रमाणपत्र वा सो सरह उत्तीर्णय गरेकाले आवेदन दिन सक्नेछन्।


सम्बन्धित समाचार