Logo

३ कात्तिक,वीरगञ्ज । वीरगञ्जमा दशैंको रौनक सुरु भइसकेको छ । दशैंको अवसरमा बीरगन्जका सडक पेटी मिठाइ पसल, कपडा पसल, खेलौनाको दुकानसहितका थरिथरिका समानले भरिभराउ भएको छ ।

जतातत्तै भीडभाँड देख्नि थालिएको छ । खासगरी दशैं सुरु भएसंगै वीरगञ्जमा विशेष खाले मेला नै लाग्ने गरेको छ, जुन काठमाडौंमा पाइदैन ।

यो मेला जिल्लाभरका सर्वसाधारणको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ, जहाँ खासगरी गहँवामाइको दर्शन पनि गरिन्छ । त्यसकारण यसको बेग्लै महत्व हुन जान्छ ।
वीरगञ्ज मेला लगभग तराईकै ठूलो मेला हो । तराईका मेलामा खासगरी मिठाइ बढी विक्री हुने गरेको छ , त्यसमा पनि बढी स्थान जिलेबी (जेरी) ले ओगटेको पाइन्छ ।

मेलामा घुम्न हरेकले जिलेबी किनेकै पाइन्छ, जसका कारण तराइका मेलामा बढी यही पसल राखिएको हुन्छ ।
वीरगञ्जमा लाग्ने मेलाको सन्दर्भमा कुरा गर्ने हो भने घटस्थापनादेखि नै मेलाको रमझम सुरु हुन्छ।

लगभग त्यहीँ बेलादेखि घण्टाघर आसपास जिलेबी पसल लाग्न थाल्छ, जसबाट नै मेला सुरुवात भएको अनुभूति हुने गरेको छ ।
यो वर्ष पनि वीरगञ्ज मेलाका लागि धेरै जिलेबी पसलहरु लहरै छन् । सडकपेटी जिलेबी पसलले भरिभराउँ छ । यत्र, तत्र, सर्वत्र राखिएको जिलेबीको पसलमा विक्री पनि उतिकै छ।
कति जिलेबी पसल ?
मेला समितिका अनुसार आज(शुक्रबार) सम्म वीरगञ्जको आर्मी ब्यारेकदेखि महाबिर स्थानसम्म र आसपासका क्षेत्रगरी करिब ७५ वटाको हाराहारीमा जिलेबी पसल मात्रै छन् ।

मेलाको सुरुवात भएसंगै अहिले हरेक दिन औसतामा एउटा पसलले करिब २० किलोको हाराहारीमा जिलेबी बेच्ने गरेको देखिन्छ ।
यसैलाई आधार मान्ने हो भने अहिलेसम्म लागेको पसलले दैनिक १५०० किलोग्राम जिलेबी विक्री गरिरहेका छन् । अर्थात् हरेक दिन बीरगन्ज मेलामा १५ क्विन्टल जेरी विक्री भइरहेको देखिन्छ ।

पौने तीन लाखको हरेक दिन कारोबार…

जिलेबीको बढी विक्री भएपनि यो सस्तो भने छैन् । हरेक वर्ष यो भाउँमा वृद्धि हुने गरेको छ । पोर सालको दशैं मेलामा कममा विक्री भइरहेको जिलेबी यो वर्ष भने प्रति किलो १८० देखि २ सयसम्ममा विक्री भइरहेको छ ।
प्रति १८० रुपैयाँकै दरले हिसाब गर्ने हो भने वीरगञ्ज मेलामा हरेक २ लाख ७० हजारको जिलेबी मात्रै विक्री भइरहेको छ । किनभने एउटा पसलले सरदर हरेक दिन २० किलो जिलेबी विक्री गरिरहेका छन, जुन ७५ वटा छन् । यसलाई हिसाब गर्ने हो भने यो पौने तीन लाख हुन जान्छ ।

मेला समितिका अनुसार यो जिलेबी पसलहरुमध्ये ७५ प्रतिशत भने भारतीय रहेका छन् । भोली सप्तमी भएकोले बीरगन्जमा यो दिनदेखि बढी भीडभाँड लाग्ने गरेको छ । अर्थात् भोलीदेखि अझ जिलेबी पसलेको संख्या थपिदै जानेछ । कारण–सप्तमीदेखि बीरगन्जको मेलामा बढी भीडभाँड लाग्ने गरेको छ ।


सम्बन्धित समाचार