Logo

३ कात्तिक,वीरगञ्ज । प्रहरीले बारास्थित सिमानाकाबाट २५ किलो गाँजा बरामद गरेको छ ।जिल्लाको सनफुल्वाबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो ।नेपाल प्रहरी र सशस्त्र प्रहरीले सँयुक्त गस्ति गर्नेक्रममा ४÷५ जना ब्यक्तिहरु गाँजा भएको झोला फाली भारततर्फ फरार भएका थिए ।

उक्त झोलाहरू खोली चेकजाँच गर्दा ५ किलोको दरले २५ किलो गाँजा बरामद गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।बरामद गाँजाको समबन्धमा थप अनुसनधान भईरहेको उनले बताए ।


सम्बन्धित समाचार