Logo

४ कात्तिक,वीरगञ्ज बडा दशैंको सुरुवातीसंगै बीरगन्जमा पनि भीडभाड बढ्न थालेको छ । दशैंको आज सातौं दिन अर्थात् सप्तमी हो ।

खासगरी सप्तमीदेखि नै बीरगन्जमा मेला लाग्ने गरेको छ । यहीकारणले अहिले बीरगन्जमा चहलपलह बढेको छ । बीरगन्जको रोडमा अहिले मान्छेको बाक्लो भीडभाड बढेको देखिन्छ । मान्छेसंगै मेलाका लागि राखिने सडकपेटिमा अन्य पसलहरुको संख्यामा पनि बढोत्तरी हुँदै गएको छ । मेलामा अहिले सेनाको ब्यारेकदेखि नै आदर्शनगरसम्मका सडकपेटिमा पसलहरु राखिएको छ ।

त्यसकारण अहिले ट्राफिक प्रहरी र पर्सा प्रहरीले संयुक्तरुपमा सहजकर्ताको भूमिका निर्वाह गरिरहेको छ । ट्राफिक प्रहरीले ठाउँठाउँमा राखेको प्रहरी टोलीले घण्टाघरमा सवारीसधानको प्रवेशलाई रोक लगाएको छ ।

ठूला सवारीसाधन कहाँकहाँबाट प्रवेशमा रोक  ?

बीरगन्जको पावरहाउस चोकबाट ठूला खाले सवारी साधनमा रोक लगाइएको छ भने भारतीय दूतावासको एरियाबाट घण्टाघरतर्फ आउने मोटरसाइकलसहितका सवारी साधनको प्रवेशमा रोक लगाइएको छ ।
सेना ब्यारेकदेखि नै मेला र चहलपहल बढेको हुनाले ट्राफिक प्रहरीले भारतीय दूतावासको एरियादेखि सवारीसाधनको प्रवेशमा रोक लगाएको जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार अहिले घण्टाघरतर्फ प्रवेश गर्ने सबै नाकामा मान्छेबाहेकका सवारीसाधनको प्रवेशमा रोक लगाइएको छ । गहवामाइको दर्शन र मेलामा मनोरञ्जन गर्न आउनेहरुको भीड बढ्न थालेपछि मुख्य बजारतर्फ प्रवेशमा सबै खाले सवारीसाधनमा रोक लगाइएको ट्राफिक प्रहरी प्रमुख भास्कर खतिवडाले जनाए ।

यसैगरी भन्सारबाट आउने सवारीसाधनको हकमा इदगाहचोकबाट नै ठूला सवारीसाधनको प्रवेशमा रोक लगाइएको ट्राफिक प्रहरी पर्साले जनाएको छ ।

कुनकुन ठाउँमा बढी चेक ?
मेलामा सहकजीकरणका लागि मात्रै प्रहरी र ट्राफिक प्रहरीले श्रीपुर, पावरहाउस, मुर्ली, आर्मी ब्यारेक, घण्टाघर, माइस्थान, महाबीरस्थान, आदर्शनगर, मकालु, नारायणी अस्पताल, इदगाह चोक, रजतजयन्ती, भन्सारसहित मुख्य नाका र आसपासका एरियामा बाक्लो संख्यामा प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको पर्सा प्रहरी प्रमुख कोमल शाहले खतिवडाले बताए ।

मेलामा आउनेहरुको सुरक्षा र व्यवस्थापनका लागि ट्राफिक प्रहरी र प्रहरी गरी एघार सय भन्दा बढी सुरक्षाकर्मी खटाइएको पर्सा प्रहरीले जनाएको छ । यसको अलावा थप मद्दतका लागि सशस्त्र प्रहरीलाई पनि ब्याक सपोर्टका लागि तैनाथ राखिएको पर्सा प्रहरी बताउँछ ।


सम्बन्धित समाचार