Logo

४ कात्तिक,सेढवा। बडा दशैको आज महासप्तमीको दिन पर्साको जिराभवानी गाउँपालिका वडा नं २ सेढवामा आयोजित महादुर्गा पूजाको एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।

जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले रिबन काटी उद्घाटन गर्नुको साथै दुर्गाको अनुहारको पट्टी खोल्नुभएको हो । फूलपातीका दिन माता दुर्गाको डोलीलाई बाजागाजाका साथै गाउँ परिक्रमा गरी निर्माण गरिएको पण्डालमा पुगी उद्घाटन कार्यक्रम संचालन गरिएका थियो ।

नव दुर्गा पूजा समितिका अध्यक्ष बसन्त भैयाको सभापतित्व तथा गाँउपालिका अध्यक्ष अनोज चौधरी प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडाध्यक्ष महादेव महतो थारु, रामशरण खवास, जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसिया, सेवा निवृत शिक्षक लहवर प्रसाद चौधरी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थियो ।


सम्बन्धित समाचार